NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

अमेरिकामा अश्वेत युवालाई गोली हान्ने प्रहरी पक्राउ, गैरन्यायिक हत्याको मुद्दा चलाइने

अमेरिकामा एक मोटर चालक अश्वेत व्यक्तिलाई गोली हानी हत्या गरेको आरोपमा एकजना श्वेत प्रहरी अधिकृतलाई पक्राउ गरिएकाे छ। मिनसोटामा २० वर्षीय डन्टे राइटमाथि गाेली चलाएकाे आराेपमा पक्राउ परेकी प्रहरी अधिकृत किम पोटरलाई हाल अनुसन्धानका लागि हिरासतमा राखिएको छ। उनीमाथि गैरन्यायिक हत्याको मुद्दा चलाइने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। तर, पोटरले भने २० वर्षीय डन्टे राइटमाथि दुर्घटनावस आफूले गोली चलाएको बयान दिएकी छन्। उनले अचेत बनाउन प्रहार गर्नुपर्नेमा गल्तीले बन्दुक पड्कन पुगेको दाबी गरेकी छन्।