NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

कोभिड संक्रमितका लागि ५० प्रतिशत बेड छुट्याएर राख्न मन्त्रालयका अपील

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढ्दो कोरोना जोखिमलाई मध्यनजर गर्दै सबै अस्पतालहरुमा कोभिड संक्रमितका लागि ५० प्रतिशत बेड छुट्याएर राख्न निर्देशन दिएको छ । कोरोनाको दोस्रो लहर तिव्र रुपमा फैलिरहेकाे भन्दै मन्त्रालयले बिहीबार एक सूचना जारी गरेर सबै कोभिड संक्रमणको दर बढ्दो क्रममा रहेकाले पूर्व तयारी स्वरुप ५० प्रतिशत बेडहरु छुट्याएर राख्न भनिएको हो । आठबुँदे सूचना जारी गर्दै मन्त्रालयले सबै अस्पतालहरुले उक्त बेडहरुमा उपचारका लागि आउने कोरोनाका बिरामीलाई निःशुल्क सेवा दिन पनि अनुरोध गरिएको छ । अनिवार्य फिवर क्लिनिक सञ्चालन गर्न निर्देशन यस्तै मन्त्रालयले देशभरीका अस्पतालहरुमा अनिवार्य फिवर क्लिनिक सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले सबै अस्पतालहरुले अनिवार्य रुपमा कोभिड–१९ परीक्षणका लागि नमुना संकलन गर्न पनि निर्देशन दिएको छ । कोभिडबाट जोगिनका लागि जनस्वास्थ्यका मापदण्ड अनिवार्य अपनाउँदै समुदायमा कोरोना फैलिन नदिनका लागि सबै सचेत हुनुपर्ने बताएको छ । मन्त्रालयको आपतकालीन तथा विपद व्यवस्थापन इकाईअन्तर्गतको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले अति प्रभावित जिल्ला भनि वर्गिकरण गरिएका क्षेत्रमा स्वास्थ्य मापदण्ड कार्यान्वयनमा कडाई गर्नुपर्ने सुझाव दिएको छ । विदेशबाट आएकाहरुको पिसिआर नेगेटिभ भए मात्र होटलमा बास यस्तै, मन्त्रालयले जारी गरेको सूचनामा विदेशी पर्यटक र विदेशबाट आएकाहरुलाई थप कडाई गरेको छ । विदेशबाट आउनेहरुसँग कोभिड संक्रमण हुनसक्ने भन्दै सूचनामा उनीहरुलाई अनिवार्य पिसिआर रिपोर्ट नेगेटिभ हुनुपर्ने बताएको छ । सम्पूर्ण होटलवालाहरुलाई मन्त्रालयले विदेशबाट आउने नेपाली र विदेशी पर्यटकलाई पिसिआर नेगेटिभको रिपोर्ट देखाए मात्र बास दिन निर्देशन जारी गरेको छ । विभिन्न देशबाट नेपाल आएर होटलमा बसोबास गर्ने पर्यटकसँग पिसिआर रिपोर्ट नभएको पाइएमा बास बस्न नदिन बताइएको छ । साथै मन्त्रालयले अतिप्रभावित बनेर वर्गिकरण गरिएका जिल्लाहरुमा भीडभाड नगर्न, रात्रिकालीन व्यवसायहरु सञ्चालन नगर्न, सिनेमा हल, सपिङ मल लगायत भीडभाग हुने क्षेत्रहरुमा सर्वसाधारणलाई सहभागी नहुन अपील गरेको छ । मन्त्रालयले पटक–पटक सीसीएमसीलाई भिडभाड हुने स्थान बन्द गर्न सिफारिस गरे पनि मन्त्रिपरिषद्ले सो निर्णय नगर्दा सूचना निकाल्दै सर्वसाधारणलाई नै भीडभाड हुने ठाउँमा सहभागी नहुन अनुरोध गरेको हो ।