NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

काठमाडौंमा तीव्र हुरीबतास, जनजीवन प्रभावित

काठमाडौं । काठमाडौंमा बिहीबार राति तीव्र हुरीबतास चलेको छ । राति ९ बजेदेखि हुतीबतास चलेको हो । हावाहुरीले पारेको क्षतिको विवरण आउन बाँकी छ । विशेष गरी दुईपाङ्ग्रे सवारीमा यात्रारत सर्वसाधारण साथै घरबाहिर भएकाहरु हुरीबतासबाट प्रभावित बनेका छन् । देशको दक्षिण पश्चिमबाट मेघ गर्जन र चट्याङ सहित वर्षा गराउने बादल विकसित भई रहेको र उक्त प्रणाली उत्तरपूर्व तिर सर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हुरीले राजधानीको अधिकांश स्थानमा बिजुली गएको समाचार छ । यस्तै प्रदेश १ सहित पुर्वी क्षेत्रमा भने चट्याङसहित सामान्य हुरीबतास चलेको छ ।