NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

कोरोनाको दोस्रो लहर, एचआईभी पीडितलाई चिन्ता

कोरोनाको दोस्रो लहरमा एचआईभी पीडितलाई चिन्ता थपिएकाे छ। विगत दस वर्षदेखि एचआईभीरएड्सबाट प्रभावितबीच काम गरिरहेकी नातीसरा राईलाई गत वर्ष कोरोना महामारीको बेला धेरै प्रभावितको रोजगारी गुमेर झेल्नुपरेको थुप्रै सास्तीका कारण सङ्क्रमणको दोस्रो लहरले फेरि चिन्ता थपिएको हो । महामारीका बेला रोग प्रतिरोधात्मक क्षमता कम हुने व्यक्ति बढी प्रभावित तथा सङ्क्रमित हुने कारणले जीवन रक्षाको कार्यक्रम वा तयारी हुनुपर्ने उनी बताउँछिन्। शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुने अवस्थालाई समाज, परिवारले नबुझ्दाको पीडा उनले पनि भोग्नुपरेको थियो । त्यही भोगाइलाई नै बाँच्ने उद्देश्य बनाउनुभएकी राई प्रभावितको जीवन लम्ब्याउने, यसप्रति सचेतना फैलाउने काम गर्ने अभियन्ता हुनुहुन्छ । राईले प्रभावित महिला, बालबालिकाको रोजगारी, शिक्षा, स्वास्थ्य, औषधि उपचार, पौष्टिक आहार जुटाउने प्रयास गर्दै आएकी छन्। विश्वलाई नै असर पारिरहेको यस महामारीका कारण अन्य व्यक्तिका साथै एचआईभीरएड्सबाट प्रभावित व्यक्ति विशेषगरी महिलाकै रोजगारी खोसिने अवस्थाले पौष्टिक आहारका साथै एन्टिरेक्टल भाइरल थेरापी ९एआरटी०जस्ता जीवन उपयोगी औषधि एक दिन पनि नटुटाई खानुपर्ने व्यक्ति झन् बढी प्रभावित हुने राईले बताउँछिन्। गाेरखापत्रमा खबर छ।

ताजा अपडेट

नेपालवाच विशेष