NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

कैदीलाई जेलमा पनि सुख छैन [भिडियो रिपाेर्ट]

देशभर ७४ वटा कारागार छन्। त्यहाँ २५ हजार भन्दा बढी कैदीबन्दी राखिएका छन्। प्राय सबै कारागारमा क्षमताभन्दा बढी कैदी छन् । तर, कारागारको भौतिक संरचना गतिलो छैन।केन्द्रीय कारागार डिल्लीबजारको क्षमता ४०० जना हो । तर, त्यहाँ ४ सय भन्दा बढी कैदीबन्दी छन्। राष्ट्रिय मानवअधिकार आयोगकी उप–सचिव मञ्जु खतिवडा नेपालका कारागारहरूको भौतिक संरचना एकदमै दयनीय भएको बताउँछिन्।कारागारमा शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकता पनि परिपूर्ति हुन नसकेको उनको भनाइ छ। भौतिक संरचनाकै कारण कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यता रहेको कारागार व्यवस्थापन विभागको भनाइ छ।विभागका निर्देशक रामचन्द्र तिवारी कारागारसम्बन्धी उचित नीति नियम नबन्दा यस्तो समस्या निम्तिएको बताउँछन्। कारागारको भौतिक संरचना कमजोर रहेको स्वीकार्दै सुधारका लागि सरकारले आवश्यक कार्य गरिरहेको उनले जनाए । https://youtu.be/qBf-1amyS9Y

ताजा अपडेट

नेपालवाच विशेष