NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

दाउन्ने दुर्घटना : गम्भीर घाइतेमध्ये तीनको मृत्यु

नवलपरासीकाे नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ। शनिबार साँझ नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा बुटवलबाट नारायणगढका लागि छुटेको ना५ख ७००० नम्बरको यात्रुबाहक बस अनियन्त्रित हुँदा दुर्घटना भएकाे थियाे। दुर्घटनामा ३१ जना घाइते भएकामा तीन जनाकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए। दुर्घटनामा इलामका धनु दर्लामी , मकवानपुर बकाया स्थायी घर भई हाल दाउन्ने स्थित बौद्ध गुम्बामा बस्ने ज्यामो हिसे छमो ग्याल्मो र चितवन भरतपुर महानगरपालिका हिमलाल न्यौपाने रहेको गिरीले बताए। तीन जनाकै उपचारको क्रममा गएराति मृत्यु भएको उनले बताए। बसमा सवार ३१ जना घाईते भएका थिए , जसमध्ये ५ जनाको अवस्था गम्भीर थियो ।