NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार दिउँसाे बस्दैछ। १४ औं महाधिवेशनमा केन्द्रित हुने बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्न लागेकाे हाे। बैठक १४ औं महाधिवेशनका तयारी, क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि म्याद थप र समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रित हुने नेताहरुले बताएका छन्। यसैगरी बैठकमा लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सरकार ढाल्ने विषयमा पनि छलफल हुनेछ। यसअघि कांग्रेसले कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सत्ता जोगाउन सहयोग गरेको थियो।