NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

फार्ममा आगलागी हुँदा ४० बाख्रा मरे

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–४ देवीवस्तीमा मध्यरातमा बाख्राफार्ममा आगलागी हुँदा ४० बोयर जातका खसीबाख्रा जलेर मरेका छन् । ज्योति बिमलीको एकल लगानीमा सञ्चालित सो फार्ममा गएराति अन्दाजी साढे १२ बजेतिर अचानक आगलागी भएको र मरेका खसीबाख्रा र दानासमेत गरेर ६० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए । बिर्तामोड र भद्रपुर नगरपालिकाका दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा दुई घण्टामा आगो नियन्त्रण भएको थियो ।