NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

एमालेबाट फ्लोर क्रस गरेका नवनियुक्त मन्त्रीको सपथ ६ बजे

सुर्खेत । एमालेबाट फ्लोर क्रस गरी भोट हालेर मन्त्री भएका तीन मन्त्रीको सपथ आज साँझ हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयका अनुसार नवनियूक्त तीन मन्त्रीहरुले आज साँझ ६ बजे सपथ लिन लागेका हुन् । अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेका एमालेका चार जना सांसदमध्ये तीनजनालाई शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री पदमा नियूक्त गरेका थिए । मुख्यमन्त्री शाहीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकासमा अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कुर्मराज शाहीलाई जिम्मेवारी दिएका हुन् ।