NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

ब्रेक फेल हुँदा काठमाडौंबाट दैलेख जाँदै गरेको बस दुर्घटना, सात जना गम्भीर घाइते

सुर्खेत । काठमाडौंदेखि दैलेख जाँदै गरेको बस दैलेखमा दुर्घटना भएको छ । सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गतको गुराँस गाउँपालिकास्थित गाईबान्नामा दुर्घटना भएको हो । बस दुर्घटनामा ७ जना गम्भिर घाइते भएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिए । बस दुर्घटनाको सूचना पाएपछि उद्धारका लागि प्रहरी टोली दुर्घटना स्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुप श्रेष्ठले जानकारी दिए । ब्रेक फेल भएर बस दुर्घटनामा परेको श्रेष्ठले बताए । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

ताजा अपडेट

नेपालवाच विशेष