NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

कांग्रेस बैठक फेरि स्थगित

काठमाडौं । कांग्रेस केन्द्रीय समितिको बैठक फेरि स्थगित भएको छ । आइतबार २ बजेका लागि बैठक बोलाइए पनि समायोजन र क्रियाशील सदस्यताको विषयमा छानविन समितिले पूर्ण प्रतिवेदन नै तयार गर्न नसकेपछि सोमबार ४ बजे बस्ने गरी बैठक स्थागित भएको जानकारी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले दिए । ‘देशभरिबाट समायोजन र क्रियाशील सदस्यताका सम्बन्धमा छानविन समितिको प्रतिवेदन अधुरो छ’ केसीले भने, ‘यसलाई पूर्ण बनाएर केन्द्रीय समितिमा प्रस्तुत गर्न समय लाग्ने भएकोले बैठक स्थगित भएको हो ।’ यस अघि पनि कांग्रेस बैठक स्थगित भएको थियो । भदौमा तोकिएको महाधिवेशन गर्नु अघि समायोजन, क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणमा कांग्रेसमा ढिलाई हुँदै आएको छ । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरे पछि त्यस अनुसार प्रक्रिया अगाडि बढ्न सकेको छैन । यस्तो अवस्थामा कसरी अगाडि बढ्ने भन्नेमा पनि कांग्रेसमा अलमल छ । समयमा सदस्यता नटुगिंदा महाधिवेशनको कार्यतालिका हेरफेर सम्बन्धमा पनि कुरा मिल्न सकेको छैन ।

ताजा अपडेट

नेपालवाच विशेष