NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

५८ सयलाई परीक्षण गर्दा ११ सयमा कोरोना पुष्टि

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट आइतबार नेपालमा एक हजार एक सय जना संक्रमित भेटिएका छन् । कोरोनाको दोस्रो लहरमा एक हजारभन्दा बढी संक्रमित भेटिएको यो पहिलोपटक हो । पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ५०८४ पिसिआर परीक्षण गर्दा १०१५ र ६९९ एन्टीजेनबाट ८१ जनामा कोरोना पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आइतबार ४३५ जना कोरोनाबाट संक्रमित भएका छन् । जसमा काठमाडौंमा ३२६ जना, ललितपुमार ६४ जना र भक्तपुरमा ४५ संक्रमित देखिएका छन् । पछिल्लो २४ घण्टामा कोभिडबाट नेपालमा ८ जनाको मृत्यु भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष