NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

एमालेको आधिकारिकता दावी गर्दै माधव नेपाल पक्षद्वारा निर्वाचन आयोगमा लिखित निवेदन दर्ता

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुरमा नेपाल पक्षले पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन आयोगमा लिखित निवेदन दर्ता गराएको छ । नेपाल पक्षीय नेता डा. बेदुराम भुसाललगायतका नेता आइतवार आयोगमा गएर राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार कारवाही प्रक्रिया अघि बढाउन लिखित निवेदन दिएका छन् । पार्टीका स्थायी समिति सदस्यसमेत रहेका भुसालले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर लिखित निवेदन दर्ता गराएका हुन् । २३ फागुनमा सर्वोच्च अदालतको फैसलाले पूर्वएमाले ब्युँतिएपछि २८ फागुन र चैत ७ मा अध्यक्ष केपी शर्मा ओलीपक्षले गरेको सबै निर्णय बदर गरी आफूहरुलाई आधिकारिता दिन माग गर्दै आयोग गएको नेपाल पक्षले बताएको छ । अध्यक्ष ओलीले विधानविपरित महाधिवेशन आयोजक समिति गठन गरेका, आफू र महासचिवबाहेक निर्वाचित पदाधिकरी हटाएकालगायतका सबै निर्णय देशको संविधान र पार्टीको विधान अनुसार नभएको ठहर गर्दै नेपालपक्षले निवेदन दर्ता गराएको नेपालपक्षीय एक नेताले बताए । ०७१ सालमा सम्पन्न एमोको नवौं महाधिवेशनबाट निर्वाचित ८८ जना केन्द्रीय सदस्यको तर्फबाट विनेदन दर्ता गराएको नेपालपक्षको भनाइ छ । माधव नेपाल पक्ष चैत १ गते पनि फागुन २८ को निर्णय बदर गर्न माग गर्दै आयोग पुगेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष