NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

राप्रपाको महाधिवेशन जेठ २२-२५ सम्म काठमाडौंमा हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय महाधिवेशन आगामी जेठ २२ देखि २५ गतेसम्म काठमाडौंमा गर्ने भएको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले जिल्ला तहसम्मको अधिवेशन वैशाख मसान्त र प्रदेश कार्यसमितिको निर्वाचन जेठ ७ सम्म गर्ने निर्णय गरेको हो । अन्य अध्यक्षहरु पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीको उपस्थितिमा बसेको बैठकले महाधिवेशन प्रतिनिधि निर्वाचन पनि जेठ १० सम्म गरिसक्ने निर्णय गरेको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राप्रपाले सक्रिय सदस्यता वितरण गर्ने म्याद भने अन्तिम पटकका लागि वैशाख मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।