NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

छोराको जन्मदिनमा न्यूड फोटो पोस्ट गरेपछि तीन महिना जेल

काठमाडौं । अफ्रीकी देश घानाकी एक अभिनेत्रीलाई आफ्नो बच्चाको साथ न्यूड फोटो सामाजिक सञ्जालमा पोस्ट गर्नु निकै महँगो सावित भएइको छ । अदालतले उक्त घटनालाई गम्भीर भन्दै अभिनेत्रीलाई तीन महिना जेल सजायको फैसला सुनाएको छ । यद्यपि अदालतको यो फैसलाप्रति कैयौं प्रश्न पनि उब्जेका छन् । अमेरिकी र्‍याप स्टार कार्डी बीसहित कैयौं कलाकारले यो फैसलालाई निकै कठोृर रहेको टिप्पणी गरेका छन् । अभिनेत्री रोसमोन्ड ब्राउन जसलाई अकुपम पोलोका नामले पनि चिनिन्छ । उनले आफ्नो छोराको जन्मदिनको अवसरमा बच्चाको साथ न्यूड फोटो खिचाएकी थिइन् । जन्मदिनको शुभकामना दिँदै छोराको साथमा खिचाइएको न्यूड फोटो सामाजिक सञ्जालमा साझा पनि गरिन् । ‘द सन’ को रिपोर्टनुसार ३१ वर्षीया अकुपम पोलो एक सिंगल आमा हुन् । पछिल्लो वर्ष जुन महिनामा उनले आफ्नो छोराको सातौं जन्मदिनको अवसरमा एक न्यूड फोटो खिचाएकी थिइन् । पोलोले उक्त फोटोलाई आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा शेयर गरेकी थिइन् । छोराको साथमा न्यूड फोटो सामाजिक सञ्जालमा रोखेपछि चौतर्फी उनी आलोचनाको शिकार पनि बनिन् । अन्नतः उक्त घटना अदालतसम्म पुग्यो । घानाको राजधानी अकरास्थित एक अदालतले अभिनेत्रीको उक्त कृत्यलाई गम्भीर करार दिएको छ । अकुपम पोलोले सामाजिक सञ्जालमा अश्लील सामग्री साझा गरेको र उक्त कृत्य घरेलु हिंसाको श्रेणीमा आउने भन्दै अदालतले तीन महिनाको जेल सजायको फैसला गरेको हो । न्यायाधीश क्रिस्टियाना क्यानले पोलोसँग न्यूड फोटो शेयर गर्नुअघि आफ्नो छोरासँग अनुमति मागेको विषयमा प्रश्न गरेकी थिइन् । अनुमति नमागेको पाइए पनि अदालतले पोलोलाई बालअधिकारको सम्मान नगरेको बताएको छ ।