NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

बाँकेमा एक साता लकडाउन गर्ने सहमति

बाँके । बाँकेमा कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण तिव्र बन्दै गएपछि एक साता लकडाउन गर्न सिफारिस गरिएको छ । जिल्ला प्रशनसन बाँकेमा बसेको सर्वदलीय र जिल्ला कोभिड प्रकोप न्यूनीकरण समितिको संयुक्त बैठकले एक साता लकडाउन गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफरिस गरेको हो । बैठकले कोभिड जोखिमबाट बच्नका लागि ९ गतेदेखि एक सातासम्म लकडाउन गर्न सिफारिस गरिएको छ । जिल्लामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि लकडाउन गर्न सहमति भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । उनका अनुसार एकसातासम्म पनि संक्रमण नघटे लकडाउनको अवधि बढाउन सकिने छ । हाल बाँकेमा आठ सय ६६ जना कोरोना भाइरसका सक्रिय बिरामी छन् । दोस्रो चरणको भाइरस बाँकेमा तिव्ररुपले बढ्दै गएको छ । यस्तो संकटमा नागरिक आफैँ पनि व्यक्ति–व्यक्तिबीच कम्तिमा दुई मिटर टाढा बस्ने, बेलाबेलामा साबुनपानीले मिचिमिची कम्तिमा २० सेकेण्डसम्म हात धुने र घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क लगाउँदा पनि कोरोना भाइरसको संक्रमणबाट बच्न सकिने गेलालले बताए ।