NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

स्पष्टीकरणपछि माधव नेपाल समूहले बोलायो सांसदहरुको बैठक

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट सांसदहरुको बैठक बोलाएका छन् । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले अन्तिम कारबाहीअघि भन्दै स्पष्टीकरण सोधेपछि त्यसका लागि छलफल गर्न नेपालले सांसदहरुको बैठक बोलाएका हुन् । मंगलबार केपी ओलीले नेपालसहित २७ सांसदलाई सांसद पद्बाट सिकन नहटाउने भन्दै स्पष्टीकरण सोधेका छन् । बानेश्वरको अर्याल होटलमा नेपालले छलफलका लागि बैठक बोलाएका छन् । यसअघि नै नेपालसहितका नेताहरुलाई नेकपाले ६ महिनाका लागि साधारण सदस्यबाटसमेत निलम्बन गरिसकेको छ । बैठक मंगलबार दिउँसो बानेश्वरको अर्याल होटलमा सुरु हुनेछ ।