NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

गोरखा । कोरोना भाइरसको संक्रमणबाट गोरखा नगरपालिका–१४ का एक पुरुषको मृत्यु भएको छ । भारतबाट फर्किएका ५५ वर्षीय ती पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु भएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए । मंगलबार बिहान ११ बजेतिर उपचारका क्रममा उनको मृत्यु भएकाे हो । मृतकको शव भरतपुरमै व्यवस्थापन गरिने भएकाले परिवारका सदस्य पनि भरतपुरमै पुगेका छन् । बैशाख ४ गते नै स्वास्थ्यमा समस्या देखिएका उनलाई उपचारका लागि भरतपुर लगिएको थियो । सोमबार मात्र उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।