NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

सांसद ओलीको जवाफ, ‘झुक्किएर मुख्यमन्त्रीको पक्षमा उभिएछु’

सुर्खेत । नेकपा एमालेकी कर्णाली प्रदेशसभा सदस्य देवी ओलीले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएकी छन् । बैशाख ३ गते भएको मतदानका क्रममा झुक्किएर मुख्यमन्त्री शाहीको पक्षमा उभिएको जवाफ दिएकी छन् । आफूले पार्टीको ह्वीप र निर्देशन उल्लंघन नगरेको भन्दै सांसद ओलीले मतदानका क्रममा झुक्किएर मुख्यमन्त्री शोहीको पक्षमा उभिन पुगेको स्पष्ट पारेकी छन् । सुरुमा उनले मुख्यमन्त्री शाहीको पक्षमै विश्वासको मत दिएकी थिइन् । सभामुख राजबहादुर शाहीले मत सच्याउन दिइएको समयमा भने विपक्षमा उभिइएकी हुन् । फ्लोर क्रस गर्ने सांसदको संख्या पुगेपछि मात्रै सांसद ओलीले योजनाबद्ध तरिकाले विपक्षमा उभिएको ठहर गर्दैै स्पष्टीकरण सोधेको थियो ।