NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

मंगलबार थपिए १९३६ संक्रमित, ११ जनाको मृत्यु

काठमाडाैं । नेपालमा मंगलबार एक हजार सातसय ३६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर आठ हजार ५५ जनामा गरिएको पिसिआर र ६८३ जनामा गरिएको एन्टीजेन परीक्षणमा एक हजार सातसय ३६ जनामा कोरोना पुष्टि भएको हो । यससँगै हाल नेपालमा कूल संक्रमितको संख्या दुई लाख ८७ हजार ५६७ पुगेको छ । गत २४ घण्टामा २५१ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ७५ हजार ८०६ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै देशभर ९२ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार १०२ जना पुगेको छ । मन्त्रालयले कोरोनाको नयाँ भेरियन्टको संक्रमण तिव्र गतिमा फैलिरहेकाले सबैलाई स्वास्थका मापदण्ड अपनाउन अनुरोध गरेको छ ।