NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

स्पष्टीकरणको सामना गर्ने माधव नेपाल समूहको निर्णय

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाए जस्तो अर्कोपार्टी नखोलेको बताएका छन् । दुई दिने स्पष्टीकरणपछि छलफलका लागि मंगलबार दिउँसो बानेश्वरस्थित अर्याल होटलमा नेपाल समूहका सांसदहरुको भेला भएको थियो । भेलामा सांसदहरुले पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने सहमति गरेका छन् । बैठकले ओलीले पार्टी फुटाउने गतिविधि गरिरहेको भन्दै लगाएको आरोप सही नभएको भन्दै स्पष्टीकरणको सामना गर्ने निर्णय गरेको छ । अध्यक्ष ओली र उनको समूहले २८ फागुनमा एकलौटी निर्णय गरेर पार्टीलाई विभाजनको दिशामा लगेको भन्दै नेताहरुले त्यसको सामना गर्ने बताएका छन् । ओलीले एकलौटी गरेका निर्णय सच्याउन आग्रह गर्दा गर्दै पनि पार्टी फुटाएको झुटो आरोप लगाइएको नेपाल समूहको भनाइ छ । यस्तै बैशाख ९ गते नेपाल पक्षले बोलाएको भेला पनि स्थगित गरिएको छ । कोरोना प्रकोपको जोखिम उच्च रहेको भन्दै काठमाडौंमा राखिएको भेला स्थिगित गरिएको नेपाल समूहले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।