NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

एकैसाथ ३९ जना संक्रमित भएपछि बागलुङको बलेवा क्षेत्रमा आज रातिदेखि लकडाउन

काठमाडौं । बागलुङ नगरपालिकाको एक विद्यालयमा एकै दिन धेरै विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ । विद्यार्थीमा कोरोना पुष्टि भएपछि सो क्षेत्रमा १० दिन लकडाउन घोषणा गरिएको छ । मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले मंगलबार रातिदेखि लागुहुनेगरी लकडाउन घोषणा गरेको हो । विद्यार्थी, शिक्षक र आसपासका समुदायमा एकैदिन ३९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक बसेको एलएमसिसीकोको बैठकले डिसिएमसीलाई लकडाउन गर्न सिफारिश गरेको थियो । सोही सिफारिशका आधारमा बागलुङ नगरपालिका १२, १३, १४ वडा क्षेत्रमा मंगलबार रातिदेखि जिल्ला कोभिड संकट व्यवस्थापन समितिले निषेधाज्ञा जारी गरेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौले जानकारी दिए । १० दिन अवधिभर बलेवा क्षेत्रका विद्यालयका साथै बैंक, मनी ट्रन्सफर, सहकारीलगायत वित्तीय संस्थासमेत पूर्ण रुपमा बन्द हुनेछन् ।