NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

भारतमा एकैदिन सवा तीन लाखमा काेराेना, दिल्लीमा ३०६ को मृत्यु

भारतको राजधानीसमेत रहेकाे दिल्ली राज्यमा एकै दिन २६ हजारमा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ। त्यहाँ पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३०६ जनाको मृत्यु भएको छ । सोही अवधिमा दिल्लीमा १९ हजार ६०९ जना संक्रमित निको भएका छन् । भारतीय सरकारी तथ्यांकअनुसार दिल्लीमा यसबेला ९१ हजार ६ सय १८ जना कोरोनाका बिरामी रहेका छन् भने अहिले सम्म १३ हजार १९३ जनाको संक्रमणकै कारण मृत्यु भैसकेको छ । भारतमा पछिल्लो समय २४ घण्टामा ३ लाख १४ लाख नयाँ संक्रमति थपिएका छन् भने एकैदिन २१ सय ४ जनाको मृत्यु भएको छ ।