NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

शुक्रबार नेपालका तीनवटा प्रदेशका पहाडी भूभागमा वर्षाकाे सम्भावना छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसाे पश्चात सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभाग चट्याङसहित वर्षाको सम्भावना छ। ‘ मेघगर्जन, चट्याङ, हावाहुरीसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले भनेकाे छ। महाशाखाका अनुसार हाल देशमा स्थानीयसँगै पश्चिमी वायुको प्रभाव छ। शुक्रबार राति पहाडी भूभागमा आंशिक बदली रही थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। शनिबार बागमती, सुदूरपश्चिम, कर्णाली र गण्डकीका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ।