NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

खोटाङमा चट्याङ लागेर एकको मृत्यु

खोटाङमा चट्याङबाट एक जनाको मृत्यु भएको छ। चट्याङ लागेर दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीका ६६ वर्षीय अगमबहादुर राईको मृत्यु भएको हो । छोरी ज्वाइँको घरमा बसिरहेको बेलामा राईलाई चट्याङ लागेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले जानकारी दिए। राईको घटनास्थलमै ज्यान गएको थियो ।