NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

ओलीले गठन गरेको एमाले नयाँ स्थायी कमिटीमा महिला शून्य

काठमाडौं । आफ्नो समूह र माओवादीबाट आएका नेतालाई समेट्दै घोषणा गरिएको एमालेको नयाँ स्थायी कमिटीमा एकजना पनि महिला अटाएनन् । बालुवाटारमा बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले १८ सदस्यीय कमिटी घोषणा गर्दा एक जना पनि महिला नपरेका हुन् । एमालेमा बिन्दा पाण्डे, राधा ज्ञवाली, थममाया थापा, श्रीमाया थकालीसहितका महिला नेताहरु स्थायी कमिटीमा लागि दाबेदार थिए । तर, प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले ईश्वर पोख्रेल, रामबहादुर थापा बादल, बिष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापाा, सत्यनारायण मण्डल, बिष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुबीर महाशेठ, केशब बडाल र पुष्प राज कडेंललाई मात्रै सहभागी गराएर नयाँ स्थायी कमिटी गठन गरेका हुन् । नयाँ स्थायी कमिटीमा माधव नेपाल पक्षका कुनै पनि नेताहरुलाई सहभागी गराइएको छैन । केही सदस्य थप्ने भनिए पनि तत्काललाई भने एक जना पनि महिला नपरेका हुन् ।