NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

मुख्यमन्त्री शाहीलाई भोट हाल्ने नेपाल पक्षका चार सांसद एमालेबाट निष्कासित

काठमाडाैं । एमालेले ह्वीप उलङघन गरी भोट हाल्ने चार सांसदलाई कारवाही गरेको छ । कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाहीलाई भोट हालेका चार सांसदलाई पार्टी सदस्य र सांसदसमेत नहरने गरी एमालेले कारवाही गरेको हो । एमालेले कारवाही गरेका नेता र सांसदमा प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाही छन् । बालुवाटारमा बसेको एमालेको महाधिवेशन आयोजक समिति बैठकले उनीहरुलाई कारवाही गरेको हो । एमालेका माधव नेपाल पक्षका चार सांसदले फ्लोर क्रस गरी मत दिएपछि मुख्यमन्त्री शाहीको पद जोगिएको थियो ।