NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

एमालेमा नेपाल समूह र वामदेवलाई दिइएन जिम्मेवारी, यस्तो छ ओली निकटका नेताको कार्यविभाजन

काठमाडौं । एमालेमा माधव नेपाल पक्ष र वामदेव गौतमबाहेक नेताहरूले जिम्मेवारी पाएका छन् । १० औं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले नेपाल पक्षका नेताहरुलाई केन्द्रीय समितिमा कायम राखे पनि कुनै जिम्मेवारी नतोकेको हो । एमालेमा अध्यक्ष केपी ओली निकटका नेतालाई मात्रै केन्द्रदेखि जिल्ला तहको कार्यविभाजन तोकिएको छ । एमालेको केन्द्रीय समितिलाई २६४ सदस्यीय दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरिएको छ । नेताहरु विष्णु पौडेल, शंकर पोखरेल र टोपबहादुर रायमाझीको कार्यदलले दिएको सुझावपछि केन्द्रदेखि जिल्ला तहसम्मका नेताहरुको कार्यविभाजन तोकिएको हो । बैठकले वामदेव गौतमलाई स्थायी कमिटीमा राखे पनि उनलाई कुनै जिम्मेवारी तोकेकाे छैन । यी नेताले पाए यी जिम्मेवारी