NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

वामदेव गौतम र माधव नेपालबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका उपध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज जनकपुरमा रहेका नेपाल त्यहाँबाट काठमाडौं फर्किएलगत्तै गौतमसँग भेटवार्ता भएको हो । गौतम र गौतमबीच नागपोखरीमा भेटवार्ता भएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले बताए । उनका अनुसार नेताहरुसँग कुराकानी गर्ने क्रममा नेपालसँग पनि भेट भएको हो । बिहीवार साँझ गौतमले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा ‘डिनर’ भेट गरेका थिए । गौतमले अध्यक्ष ओली र नेता नेपालले आफ्ना हठ छोडेर पार्टीलाई एकतावद्ध बनाउनुपर्ने बताउँदै आएका छन् । नेकपाको विभाजनपछि गौतमले आफू पार्टी एकतामा व्यस्त भएको बताउँदै आए पनि उनले आयोजना गरेका कार्यक्रम त्यति देखिएका छैनन् । शुक्रबार बसेको एमालेको केन्द्रीय कमिटीको बैठकले गौतमलाई स्थायी समिति सदस्यमा राखेको छ । यसबारे पनि गौतम र नेपालबीच सामान्य कुराकानी भएको सुवेदीले बताए । अध्यक्ष ओलीले आफूसँग कुनै सल्लाह नै नगरी स्थायी कमिटीमा राखेकोप्रति गौतम असन्तुष्ट छन् ।