NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

धरहरा उद्घाटनपछि ओलीले भने, ‘मलाई आइफिल टावर चढेको अनुभूति भयो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणको युगमा प्रवेश गरेको बताएका छन् । भूकम्पले भत्किएको धरहरा पुनर्निमाणपछि उद्घाटन गर्दै ओलीले यो वर्षलाई निर्माणको वर्षको रुपमा सरकारले कामहरु अघि बढाएको बताए । धरहराको २० औं तलामा पुगेर उद्घाटन गरेका ओलीले उद्घाटन गर्दै गर्दा पेरिसको आइफिल टावर चढेको अनुभूति भएको बताए । उनले भने, ‘जब म उद्घाटनका लागि २० औं तलामा पुगेँ । त्यहाँ त तिव्र बेगका साथ हावा चल्दो रहेछ । लाग्यो म त आइफिल टावरमै पुगेँ । त्यहाँबाट देखिने भव्य दृश्यले कोरोना त्रासका बीच पनि मलाई केही उत्साह दिएको छ ।’ उनले धरहरा अब उपरान्त नढल्ने पनि बताए । दीर्घकालीन सोचका साथ धरहरा निर्माण गरिएकाले यसको पुनर्निमाण अब अन्तिम भएको बताए । ‘अब धरहरा ढल्दैन । यसले हाम्रो दृढशक्तिलाई पनि संकेत गर्दछ । यसलाई अब नढल्नेगरी निर्माण गरेका छौं । साथै धरहराबाट वरीपरी जुन क्षति भयो त्यसको परिपूर्ति पनि हुनेछ’, ओलीले भने ।