NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

कोरोना संक्रमित पूर्व राजा शाह दम्पत्ति नर्भिक अस्पताल भर्ना

काठमाडौं । भारतको कुम्भमेलाबाट फर्केलगत्तै कोरोना संक्रमित बनेका पूर्व राजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल राज्यलक्ष्मी शाह नर्भिक अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनीहरुलाई आज थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । भारतको हरिद्वारमा सम्पन्न कुम्भ मेलामा शाही स्नान गरेर फर्केलगत्तै शाह दम्पत्तिलाई कोरोना पुष्टि भएको थियो । कोरोना भएपछि निर्मल निवासमै होम आइसोलेसनमा बसेका शाह दम्पत्तिको स्वास्थ्यमा थप समस्या देखिएपछि आज दिउँसो करिब एक बजे नर्भिक अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालका अनुसार दुवै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य नै छ ।