NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

नेपाल सुपर लिगको उद्घाटन खेलमा काठमाडौं रेजर्स विजयी

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सुरु भएको नेपाल सुपर लिग (एनएसएल) प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स एफसी विजयी भएको छ । काठमाडौंले ललितपुर सिटी एफसीलाई १–० गोलअन्तरले पराजित गरेको हो । काठमाडौंका लागि मेसौके ओलुमोउले निर्णायक गोल गरे । उनले खेलको ६६औं मिनेटमा गोल गरेका हुन्। पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । प्रतियोगिताका सबै खेल दशरथ रङ्गशालामा सञ्चालन हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । प्रतियोगितामा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी सहभागी छन् । प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । लिगका उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेण्डर र प्रशिक्षकले एक÷एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।