NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

केन्द्रीय सदस्यको पीसीआर परीक्षण गर्नुपर्ने भएपछि सर्‍याे कांग्रेस बैठक

काठमाडौं । सोमबारलाई बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक सरेको छ । केन्द्रीय सदस्यहरुलाई कोरोना परीक्षण गर्नुपर्ने भएपछि बैठक १५ वैशाखसम्मका लागि सारिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । केन्द्रीय कार्यालय सानेपामा साेमबार सबै केन्द्रीय सदस्यकाे पीसीआर परीक्षण गरिएकाे छ । यस अघि पनि बैठक अघि परीक्षण गर्दा ६७ जना केन्द्रीय सदस्यलाई काेराेना पुष्टि भएकाे थियाे । १४ औं महाधिवेशनको तयारी स्वरुप समायोजन र क्रियाशील सदस्यताको विषय अझै टुंगिसकेको छैन । महाधिवेशनको तयारीसँग सम्बद्ध धेरै काम गर्न बाँकी भएकोले कांग्रेसलाई यसपटक धेरै नै दबाब छ ।