NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

फ्लोर क्रस गर्ने एमालेका चार सांसद पदमुक्त

सुर्खेत । संसदीय दलको ह्वीप उल्लंघन गर्दै माओवादी नेतृत्वको सरकार जोगाएका एमालेका चार जना प्रदेश सांसद पदमुक्त भएका छन् । सोमबार बसेको प्रदेश सभाको बैठकमा सभामुख राजबहादुर शाहीले चारै जना सांसदको पद रिक्त भएको जानकारी दिए । पार्टीको ह्वी विपरीत मतदान गरेका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्मरबहादुर थापाको सांसद पद रिक्त भएको हो । ज्वाला सल्यान प्रदेशसभा ९ख०, बुढा डोल्पा प्रदेशसभा ९क०, शाही कालिकोट प्रदेशसभा ९क० र थापा दैलेख क्षेत्र नम्बर १ ९ख० बाट निर्वाचित भएका थिए । बैशाख ३ गते संसद्मा मुख्मयन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वासको प्रस्तावका बेला उनीहरुले शाहीको पक्षमा उभिएर सरकार जोगाइदिएका थिए ।राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ ९१० र कर्णाली प्रदेशसभा नियवामली २०७४ नियम ९९० बमोजिम एमाले संसदीय दलले चारै जना सांसदले दल त्याग गरेको पत्र प्रदेशसभा सचिवालयलाई जानकारी गराएपछि कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम १९१ बमोजिम सभामुखले सांसदहरु पदमुक्त भएको घोषणा गरेका हुन् । मुख्यमन्त्रीको पक्षमा उभिएका चार सांसदमध्ये तीन जना अहिले मन्त्रीमा छन् । भौतिक पूर्वाधार विकास मन्त्रीमा अम्मरबहादुर थापा, कुर्मराज शाही भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र नन्दसिंह बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् । चारजना सांसदहरु पदमुक्त भएसँगै४० सिटको कर्णाली प्रदेशसभा ३५ सिटको भएको छ । यसअघि ओलीतिर लागेका माओवादीका सांसद धर्मराज रेग्मीको सांसदपद माओवादीले खोसिरहेको छ । अब कर्णाली प्रदेशमा सभामुखसहित एमालेका १६, माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् । सांसद पद मुक्त भएका तीन जनाको मन्त्री पद भने अब ६ महिनाका लागि मात्रै हुनेछ । संविधान अनुसार सांसद नभएको व्यक्ति ६ महिनासम्मका लागि मात्रै मन्त्री पद्मा बस्न पाउँछ ।