NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

१६ गतेदेखि निषेधाज्ञा हुन्छ, मन्त्रिपरिषद्को निर्णय कुर्दैछौँ : ललितपुर सिडिओ

काठमाडौँ । ललितपुर, भत्तपुर र काठमाडौँका प्रमुख जिल्ला अधिकारीहरु कोभिड नियन्त्रणका लागि राजधानीमा एक साता निषेधाज्ञा जारी गर्ने निष्कर्षमा पुगेका छन् । विहानदेखि छलफलमा बसेका प्रमुख जिल्ला अधिकारीहरु कोभिड संक्रमण न्यूनिकरणका लागि निषेधाज्ञा नै अन्तिम विकल्प भएको निष्कर्षमा पुगेका हुन् । पहिलो चरणमा बैशाख १६ देखि २२ गतेसम्म निषेधाज्ञा गर्ने निष्कर्षमा पुगेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाले नेपालवाचलाई जानकारी दिए । उनले निषेधाज्ञा कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल भइरहेको बताए । ‘निषेधाज्ञा जारी गरेपछि धेरै कुराहरुको व्यवस्थापन गर्नुपर्ने हुन्छ, यसबारे मन्त्रिपरिषद्बाट पनि केही निर्णय आउन सक्छ, मन्त्रिपरिषद्को निर्णयपछि निषेधाज्ञा घोषणा गछौँ ।’ प्रजिअ निरौलाले भने । १६ बैशाखबाट निषेधाज्ञा हुने सन्दर्भमा फरक फरक समाचार सार्वजनिक भइरहेका बेला उनले भने, ‘निषेधाज्ञा नगरी कोभिड संक्रमण न्यूनिकरण गर्ने सम्भावना छैन । निषेधाज्ञा जारी हुन्छ, हामी मन्त्रिपरिषदको निर्णय कुरेर बसिरहेका छौँ ।’ भत्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले पनि निषेधाज्ञा घाेषणााका लागि तयारी भइरहेको बताए । प्रजिअ भट्टराईले निषेधाज्ञाका लागि तयारी भइरहेको र १६ बैशाखबाट शुरुमा एक साताका लागि निषेधाज्ञा घोषणा हुने बताए ।