NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

भगौडाको सरकार बन्यो : नेता कंडेल

सुर्खेत । नेकपा एमाले प्रदेश संसदीय दलका नेता तथा कर्णाली प्रदेशसभा सदस्य यामलाल कंडेलले कर्णालीमा भगौडाहरुको सरकार बनेको आरोप लगाएका छन् । कर्णाली प्रदेशसभाको सातौ अधिवेशनको दोस्रो बैठकमा बोल्दै नेता कंडेलले प्रदेश सरकारमा भगौडाहरुको प्रवेश भएको बताए । बैशाख ३ गते भएको सातौ अधिवेशनको पहिलो बैठकपछि सरकारको नेतृत्वमा भगौडाहरु पुगेको उनले टिप्पणी गरे । संसद् बैठकमा उनले भने, ‘भगौडाहरुको सरकार र भगौडाहरुलाई पुुरस्कार गर्ने सरकारको रेकर्ड तोड्न कर्णाली सरकार सफल भएको छ । फ्लोर क्रस गरेर मन्त्री बनेका सासंदलाई जनताले चिनिसकेका छन् । अवश्य पनि जनताले यसको सजाय दिनेछन् ।’