NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

कोभिड रोकथाम तथा न्यूनिकरणमा ध्यान दिन प्रधानमन्त्रीलाई गगन थापाको आग्रह [भिडियाे]

काठमाडौँ– पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना संक्रमण रोकथाम, व्यवस्थापन तथा न्यूनिकरणका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् । सोमबार फेसबुकमा भिडियो सन्देश जारी गर्दै थापाले पटकपटक संसदमा कोरोना रोकथामलगायत विषयमा छलफल गर्न खोजे पनि विघटनले ध्यान अन्तै मोडिएको बताएका छन् । नेपालमा कोरोनाको संक्रमणदर बढीरहेकोले यसले भयावह स्थितिको संकेत गरेको उनको भनाइ छ। ‘अहिले बढीरहेको कोरोना संक्रमणले भयावह स्थितिको संकेत गरेको छ। प्रधानमन्त्रीज्यू, अझै पनि कोरोना रोकथाम तथा न्यूनिकरण तपाईको प्राथमिकतामा परेको छैन्’ उनले भने, ‘मेरो तपाईसँग विनम्रतापूर्वक आग्रह छ अहिलेको स्थिति तपाईलाई महसुस भयो भने मात्र तल्लो तहसम्म रोकथामका लागि काम हुनसक्छ।’