NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

निषेधाज्ञाअघि बुद्ध एयरका उडान थपिए

काठमाडाैं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले महामारीलाई मध्यनजर गर्दै उडान संख्या थप्ने भएको छ । सोमबार काठमाडौं उपत्यकामा १६ गतेबाट निषेधाज्ञा गर्ने सिफारिश मन्त्रिपरिषद्मा पुगेसँगै कम्पनीले आफ्ना गन्तव्यमा उडान संख्या थप्ने भएको हो । सोमबार सूचना जारी गर्दै कम्पनीले निषेधाज्ञा जारी भएसँगै आन्तरिक हवाई यात्रामा असहज हुने भएकाले सोमबारदेखि वैशाख १६ गतेसम्म आवश्यक्ताअनुसार उडान थप्ने जनाएको हो । बुद्ध एयरका बजार व्यवस्थापन प्रमुख रुपेश जोशीका अनुसार हाल कम्पनीले दैनिक १३० वटा उडान गर्दै आएको छ । ‘यात्रुको चाप अनुसार दुई दिनमा ६ वटा उडान थप्न सकिन्छ,’ जाशीले नेपालवाचसँग भने । सरकारले निषेधाज्ञा अघि नागरिकलाई घर जानका लागि दुई दिनको समय दिएको छ । यही समयमा कम्पनीले उडान संख्या बृद्धि गरेर नागरिकलाई सहजीकरण गर्न लागेको जनाएको छ । बुद्धले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यात्रुहरूलाई कम्पनीले समयमा टिकट बुकिङ÷खरिद गर्न आग्रह गरेको छ ।