NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

निषेधाज्ञा एक साताबाट १५ दिन पुर्‍याउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौ । सरकारले राजधानीका तीन जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । साँझ बसेको मन्त्रिपरिषदको बैठकले प्रमुख जिल्ला अधिकारीहरुको निर्णय सच्याउँदै निषेधाज्ञा १५ दिन गर्ने निर्णय गरेको हो । कोभिड संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको र त्यसको न्यूनिकरणका लागि कम्तिमा पनि १५ दिनको समय आवश्यक पर्ने भन्दै मन्त्रिपरिषदले १५ दिनको निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । काठमाडौँ, भत्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले १६ बैशाखदेखि २२ बैशाखसम्म एक साता निषेधाज्ञाको निर्णय गरेका थिए । मन्त्रिपरिषदले भने १६ बैशाखदेखि बैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । सरकारले बैशाख मसान्तपछि आवश्यक पर्दा निषेधज्ञाको म्याद थप गर्दै जान सकिने निर्णय गरेको छ । निषेधाज्ञाको समयमा गर्न पाइने र नपाईने विषयहरुलाई भने यथावत राखेको छ । यो पनि पढ्नुहोस् काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि लकडाउन, के गर्न पाइन्छ के पाइदैन ? मास्क नलगाउने एक हजार ७८ जना प्रहरीको नियन्त्रणमा यस्तै मन्त्रिपरिषदले पहाडका जिल्लाहरुमा २ सय भन्दा बढी कोभिड संक्रमितको संख्या भएमा स्थानीय तहले निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको छ । यस्तै शहरमा ५ सयभन्दा बढी कोभिड संक्रमितको संख्या भएमा निषेधाज्ञा जारी गर्न सकिने निर्णय गरेको छ ।