NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

महेन्द्रनगरमा मास्क नलगाउने ३७ जना प्रहरीको कारबाहीमा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्णयबमोजिम प्रहरीले आजदेखि महेन्द्रनगरमा मास्कबिना हिँडडुल गर्नेलाई कारबाही थालेको छ । पहिलो दिन आज बजारक्षेत्रमा मास्कबिना हिँडडुल गर्ने ३७ जनालाई कारबाही गरिएको छ । कारबाहीस्वरुप उनीहरुबाट एक हजार ८ सय ५० रुपैयाँ जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ‘तपाईंको मास्क खै ? अनिवार्य मास्क लगाउनु है’ अभियान थालनी गरेको प्रहरीले बजार र आसपासका क्षेत्रमा कोरोना सङ्क्रमण न्यूनीकरणका उपाय अपनाउन माइकिङसमेत गरिरहेको छ । सुरुमा प्रहरीले ८०/९० जनालाई सम्झाइबुझाइ गरेर छाडेकोसमेत जनाएको छ ।