NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

पीसीआरमा बढी शुल्क लिए परीक्षण सूचीबाटै हटाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणबापत तोकिएभन्दा बढी शुल्क लिने ल्याबलाई परीक्षणको सूचीबाट हटाउने चेतावनी दिएको छ । मन्त्रालयले मंगलबार सूचना जारी गर्दै सरकारी प्रयोगशालालाई एक हजार र निजी प्रयोगशालामा दुई हजार रुपैयाँभन्दा बढी शुल्न नलिन आग्रह गरेको हो । केही प्रयोगशालाले संक्रमण रोकथामका नाममा थप शुल्क लिएको भन्ने गुनासो आएपछि मन्त्रालयले बढी शुल्क नलिन आग्रह गरेको छ । यदि सरकारले तोकेको भन्दा बढी शुल्क लिइएको पाइएमा त्यस्ता ल्याबलाई परीक्षण सूचीबाटै हटाइने मन्त्रालयले विज्ञप्तिमार्फत चेतावनी दिएको छ । ‘तोकिएको शुल्कभन्दा कुनै पनि बहानामा थप शुल्क नलिन मन्त्रालय सम्बन्धित सबैमा पुनः जानकारी गराउँछ। लिएको पाइएमा परीक्षणको सूचीबाट हटाइने व्यहोहा पनि जानकारी गराइन्छ।’