NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

कोरोनाका गम्भीर बिरामीले भरियो कर्णाली प्रदेश अस्पताल, अक्सिजनको लागि अर्को प्रदेशको भर

सुर्खेत । कर्णालीमा कोरोना संक्रमितहरु दिन प्रतिदिन बढिरहेका छन् । पहिलो चरणमा भन्दा दोश्रो चरणमा कोरोनाबाट संक्रमितहरु गम्भीर प्रकृतिका देखिएका छन् । पहिलो चरणमा सबै कोरोना संक्रमितहरुलाई अस्पताल भर्ना गरेर उपचार गरिएको थियो । अहिले भने गम्भीर प्रकृतिका अक्सिजन नै दिनुपर्ने बिरामीलाई मात्रै कोभिड विशेष अस्पतालमा राखेर उपचार गरिएको छ । कोरोना संक्रमितहरुको लागि अक्सिजन अत्याधिक रुपमा चाहिने अवस्थामा पनि कर्णालीको प्रदेश अस्पतालसमेत अक्सिजनका लागि अर्कै प्रदेशको भर पर्दै आएको छ । ‘पहिले २/३ सयको हाराहारीमा संक्रमितलाई अस्पतालमा भर्ना गरे पनि अक्सिजन दिनुपर्ने १२ जनाको हाराहारीमा हुन्थे तर अहिले भर्ना भएका सबै अक्सिजन दिनुपर्ने छन् कोभिड विशेष अस्पतलालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले भने ‘पहिले २/३ सयको हाराहारीमा संक्रमितलाई अस्पतालमा भर्ना गरे पनि अक्सिजन दिनुपर्ने १२ जनाको हाराहारीमा हुन्थे तर अहिले भर्ना भएका सबै अक्सिजन दिनुपर्ने छन्, अब आउने बिरामीलाई उपचार गर्न चुनौती रहेको छ ।’ पूर्वाधार, जनशक्ति र अक्सिजनको अभाव कोरोना विशेष अस्पतालका कोरोना फोकल पर्सन केएन पौडेलले अस्पतालको पूर्वाधार जनशक्ति र अक्सिजनको अभाव भएको बताए ।‘अहिले अस्पतालमा उपचाररत संक्रमितमध्ये २६ जनाको अवस्था गम्भीर छ । हाल २६ जनालाई नै नियमित अक्सिजन दिनुपर्ने अवस्था छ । बेड अभाव भएपछि एक जनालाई प्लान्ट मेसिन (अक्सिजन कन्सनट्रेटर)मा राखेर उपचार गरिरहेका छौँ,’ डा पौडेलले भने, ‘अब आउने जटिल प्रकृतिका बिरामीका लागि उपचार गर्ने क्षमता छैन फिर्ता गर्नुपर्ने अवस्था छ ।’ जटिल प्रकृतिका संक्रमित बढ्न सक्ने भएकाले तत्काल अक्सिजन सहितको पूर्वाधार निर्माण गरिहाल्नुपर्नेमा डा.पौडेलको जोड छ । अक्सिजनका लागि नेपालगंजको भर यतिबेला अक्सिजनको चरम आवश्यकता हुने देखिन्छ । तर कर्णाली प्रदेश अस्पतालमा रहेका दुई वटै अक्सिजन प्लान्ट बिग्रिएको अवस्थामा रहेका छन् । अहिले नेपालगंजबाट सिलिण्डर भरेर अक्सिजनको मागलाई पुर्ति गरिएको छ । तर अबका दिनमा नेपालगंजमा कोरोना संक्रमितहरुको संख्यामा वृद्धि भएसंगै आवश्यक परेको बेला अक्सिजन पाउन सक्ने अवस्था एकदम कम रहेको छ । ‘अहिलेसम्म अक्सिजनका लागि नेपालगंजको भर परेको छ, अबका दिनमा नेपालगंजबाट सहज रुपमा अक्सिजन ल्याउन सकिएला जस्तो छैन’ उनले भने, ‘नेपालगंजमा पनि संक्रमितहरुको संख्यामा उल्लेख्य बृद्धि भएको छ । अब आफैंले प्लान्ट छिटो सुचारु गर्न आवश्यक छ ।’सुर्खेतमा भएको एउटा अक्सिजन प्लान्ट शुरु नै भएको छैन भने अर्को अक्सिजन प्लान्ट बिग्रिएको अवस्थामा छ । ‘अस्पतालको एउटा अक्सिजन प्लान्ट सुरु नै भएको छैन, अर्को बिग्रियो,’ अस्पतालका निर्देशक डा डम्बर खड्काले भने, ‘एक हप्ताभित्र नयाँ अक्सिजन प्लान्ट सुरु नभए बिरामीलाई अक्सिजन पाउने अवस्था नहुन सक्छ ।’ डा. खड्काले कोरोना अस्पतालका लागि मात्रै छुट्टै अक्सिजन प्लान्ट शुरु गर्नुपर्नेमा जोड दिए । उसो त कोरोना विशेष अस्पतालमा अक्सिजन प्लान्ट निर्माणाधीन छ । तर रकम भुक्तानीमा ढिलाई भएका कारण प्लान्टको प्राविधिक काम बाँकी रहेको बताइएको छ । ‘नेपालगञ्जबाट अक्सिजन ल्याएर बिरामीलाई बचाउन सकिँदैन । अक्सिजन ल्याउनका लागि अस्पतालसँग पर्याप्त सिलिन्डरसमेत छैनन्,’ डा. खड्काले भने, ‘संक्रमित बढेपछि ४० वटा सिलिन्डरले कसरी बिरामी बचाउन सकिन्छ ?’ यता प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिलामन्त्री बिमला केसीले सरकार गम्भीर रुपमा समस्या हल गर्न लागिरहेको बताइन् । सामाजिक विकास मन्त्रालयको समेत कार्यभार सम्हालेकी मन्त्री केसीले उपलब्ध स्रोत साधनको उचित प्रयोग गर्दै सरकार काम गर्न तत्पर रहेको बताइन् ।