NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

परीक्षा दिन हिँडेकी छात्राको लडेर मृत्यु

सल्यान । सल्यालनमा परीक्षा दिन हिँडेकी एक छात्राको बाटामै लडेर मृत्यु भएको छ । छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ अत्तरकाँडा छात्रा चन्द्रकला सार्कीको मृत्यु भएको हो । छत्रेश्वरी – १ स्थित भानुभक्त मावि दमाचौरमा कक्षा १० मा अध्ययनरत छात्रा सार्कीको आज बिहान गणित विषयको परीक्षा दिन जाने क्रममा बाटामै सल्ली कुसुममा चिप्लिएर लडेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।