NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले सूचना जारी गर्दै जेठ ६ गतेका लागि तोकिएको वागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यका लागि हुने उप निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको जानकारी दिएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा मकवानपुर जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश डिल्ली रत्न श्रेष्ठलाई निर्वाचन अधिृकतमा नियुक्त गरेको हो । उनलाई बैशाख १६ गतेदेखि लागू हुनेगरी अधिकृतमा तोकिएको आयोगका प्रवक्ता तथा सहसचिव राजकुमार श्रेष्ठले जानकारी दिए ।