NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

एकैदिन थपिए ४५२४ संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा चार हजार पाँचसय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अनुसार देशभर १५ हजार ६ सय ८१ जनामा गरिएको नमुना परीक्षणको नतिजामा कुल ४ हजार ५२४ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका ४ हजार ५२४ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ । यीमध्ये २६ हजार २२५ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । काठमाडौंमा १ हजार ६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना गरी उपत्यकामा १ हजार ९६६ जना संक्रमित थपिएका छन् । संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३१५ जना र भेन्टिलेटरमा ८४ जना उपचाररत छन् । मंगलबार देशभर ५५५ जनाले कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७८ हजार ५०६ जना पुगेको छ ।