NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

बिरामीको चाप बढे बहिरंग सेवा र इफेक्टिभ सर्जरी बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका बढ्दो संक्रमणलाई मध्यनजर गर्दै देशभरीका अस्पतालका लागि विशेष तयारी गर्न निर्देशन दिएको छ । एक सूचना जारी गर्दै मन्त्रालयले सात बुँदामा विभिन्न निर्देशन दिएको छ । कोरोना नियन्त्रणमा लिनका लागि अस्पतालले हरसम्भव प्रयास गर्नुपर्ने बताएको छ । जसका लागि कोभिड अस्पतालहरुमा लामो समय चिकित्सक तथा स्वास्थ्यर्मीलाई बिदा नदिन निर्देशन दिइएको छ । यदि यसअघि बिदा दिइएको भए पनि तत्काल उनीहरुलाई पत्राचार गरेर काममा बोलाउन भनिएको छ । साथै अस्पतालमा ५० प्रतिशतका दरले स्वास्थ्यर्मीले पालो निर्धारण गरी सेवा प्रदान गर्न भनेको छ । सबै अस्पतालहरुलाई मन्त्रालयले कोरोनाका बिरामी बढेमा बहिरिंग सेवा र इफेक्टिभ सर्जरी सेवा बन्द गर्न पनि निर्देशन दिएको छ । तर आकिस्मक सेवा भने नरोक्न भनिएको छ । अस्पतालमा कुनै जनशक्तिको पद रिक्त भए तत्काल सूचना आह्वान गरी पहिला आउनेलाई अग्राधिकार दिएर ६ काममा लगाउन पनि मन्त्रालयले निर्देशन दिएको छ । यस्तै थप जनशक्ति आवश्यक भए अस्पताललाई नै ६ महिनाका लागि करार सम्झौता गरेर कर्मचारी राख्न अधिकार पनि दिइएको छ । तर, त्यसको जानकारी भने अस्पतालले मन्त्रालयमा पठाउनुपर्नेछ । अक्सिजन अभाव सिर्जना हुनसक्ने भन्दै मन्त्रालयले सबै अस्पतालहरुमा अक्सिजनको व्यवस्था गरिराख्न पत्रमार्फत भनेको छ ।