२४ घण्टामा कोरोनाबाट १८ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार पाँचसय २४ जना नयाँ संक्रमित थपिएका छन् । १५ हजार ६ सय ८१ जनाको पिसिआर परीक्षणबाट यो संख्यामा संक्रमित थपिएका हुन् । कोरोनाबाट सोमबार १४ जनाको मृत्यु भएको थियो । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६ हजार २२५ जना पुगेको छ । कोरोना भाइरस संक्रमितमध्ये आईसीयूमा ३१५ जना र भेन्टिलेटरमा ८४ जना रहेका छन् । जसमध्ये काठमाडौं उपत्यकामा ११२ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा रहेका छन् ।
प्रतिक्रिया