NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

लकडाउनमा काठमाडौं छोड्दै हुनुहुन्छ ? साहुजी डटकमले थोरै मूल्य लिएर राखिदिन्छ डेराका सामान

लकडाउनमा घर जाँदै हुनुहुन्छ ? अब सामानको चिन्ता लिनु पर्दैन । मान्छे नबस्दा पनि पूरा भाडा तिर्नबाट मुक्त हुन चाहनुहुन्छ भने साहुजी डटकमलाई सम्पर्क गर्नुहोस् । गत वर्षको लकडाउनमा काठमाडौंमा डेरा गरेर बस्नेहरूले घर पुगेपछि पनि उताबाट कोठा भाडा तिर्नुप¥यो । मान्छे नबस्दा पनि सामान राखेपछि भाडा त नियमित तिर्नुपरिहाल्यो । तर, आफू नहुँदा पनि घरबाट नियमित पूरा भाडा तिर्नुपर्दा धेरैलाई सास्ती भयो । त्यस्तै सास्ती प¥यो डिल्लीबजार र घट्टेकुललोमा डेरा गरेर बस्दै आएका पवन पोखरेल र कबिर काफ्कालाई । घर जाँदा ६ महिनासम्मको पूरा भाडा तिर्न बाध्य भएका उनीहरूले यो पटक डेरा छोड्नेको सामानकोे जिम्मा लिने काम थालेका छन् । दुई वर्षदेखि साहुजी डट कमबाट दैनिक जीवनमा आइपर्ने घरायासीदेखि कार्यालयको समस्या हल गर्दै आएका छन् उनीहरूले । सरकारले यही बैशाख १६ गते विहान ६ बजेबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा गरिसकेको छ । दुई दिनमा एक लाखले काठमाडौं छोडिसकेका छन् । काठमाडौंको डेरा छोडेर घर जाँदा कसैले पनि महंगो कोठा भाडा तिर्नु नपरोस् भनेर सञ्चालकद्वयले साहुजी डटकमबाट काठमाडौं छोड्नेको सामानको जिम्मा लिने भएका छन् । गत वर्षजस्तै पूरा भाडा तिर्नुपर्ने सास्तीबाट मुक्त हुनका लागि यो काम सुरु गरेको सञ्चालक पवन पोखरेल बताउँछन् । विशेषगरि होस्टल बस्ने विद्यार्थीलाई केन्द्रित गरेर यो पहल थालेको उनले बताए । ‘मुख्यतः पुतलीसडक, बानेश्वर, अनामनगर लगायतका क्षेत्रमा विद्यार्थीहरू बस्छन् । जहाँ भाडा एकदमै महंगो छ,’ उनले भने, ‘लकडाउनमा होस्टेल या कोठा छोडेर ढुक्कले घर जान पाउन् भनेर हामीले यो पहल थालेका हौं ।’ काठमाडौंस्थित अनामनगरमा कार्यालय रहेको साहुजी डट कमले बानेश्वर, अनामनगर, पुतलीसडक, भक्तपुर लगायतका ठाउँमा गोदाम राखेको छ । यतिबेला अधिकांश होस्टेल खाली छन् । तिनै खाली भएका होस्टेलका कोठालाई गोदाम बनाएर उठाएका सामान राखिने पोखरेलले बताए । त्यसको लागि सामानको मात्रा अनुसारको रकम तोकिएको छ । ‘एउटा पिक अप भ्यानमा भएको पूरा सामानको प्रति महिना ३ हजार शूल्क लाग्नेछ,’ पोखरेलले भने । त्यो भन्दा धेरै सामान भएको सन्दर्भ सामानको मात्रा अनुसारको शूल्क पर्नेछ । २४ वर्षिया पोखरेल र २८ वर्षिया काफ्काले सयअघि आइटिको क्षेत्रमा काम गरे । त्योसँगै उनीहरूले टिसर्ट बनाउने काम गर्थे । यी काम गर्दा लगानी उठ्न नसकेपछि उनीहरूले लगानी नैै नगरी गर्ने व्यवसायको खोजी गरे । लगानी बिनाको व्यवसायको परिकल्पना गर्दै जाँदा फु¥यो ‘साहुजी डट कम’ । दैनिक जीवनमा हुने समस्यालाई हल गर्नका लागि ‘एक कल समस्या हल’ भन्ने नारासहित उनीहरूले यो व्यवसाय सुरु गरे । हालसम्म साहुजी डटकमले हालसम्म १ सय १३ किसिमको काम गरिसकेको बताउँछन् सञ्चालक पोखरेल । दैनिक जीवनमा आवश्यक ‘प्लम्बिङ’, विद्युुतीय, ‘लन्ड्री’ लगायतका सुविधान उनीहरुले फोनमार्फत् उपलब्ध गराउँदै आएका छन् । ‘हाम्रो मुख्य ग्राहक नै होस्टल, कन्सल्टेन्सी, कार्यालय हुन्,’ उनले भने । के तपाईंलाई पनि लकडाउनमा डेरा या होस्टेल छोडेर जान मन छ ? सामान राख्दा पूरा पैसा तिनुपर्ने चिन्ता छ ? छ भने ९८४३५९८९६८ मा सम्पर्क गरेर साहुजी डट कमलाई सम्झिनुहोस् । यतिबेला उनीहरू काठमाडौं उपत्यकाभित्रबाट सामान उठाउँदै आएका छन् । यदि सामान बिग्रिएकोे खण्डमा पनि कम्पनी आफैंले जिम्मा लिने जनाएको छ ।