NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

सरकारी अस्पतालका प्रमुखलाई उपप्रधानमन्त्री पोखरेलको निर्देशन– सर्वसाधारणलाई सजिलै सेवा दिनूस्

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारी अस्पतालहरुलाई सर्वसाधारणमैत्री बनाउन निर्देशन दिएका छन् । काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने चारवटा ठूला सरकारी अस्पतालका प्रमुखहरूसँगको आजको बैठकमा उपप्रधानमन्त्री पोखरेलले सरकारी अस्पतालहरुलाई सर्वसाधारण जनतामैत्री बनाउन निर्देशन दिएका हुन् । असहाय र गरिब जनताको भरोसा नै सरकारी अस्पताल भएकाले विशेष ध्यान दिन आग्रह गर्दै उपप्रधानमन्त्री पोखरेलले सरकारी अस्पतालको सेवामा सुधार हुँदा बिरामीहरूले निकै ठूलो राहत पाउने बताए । हरूआफ्नो निर्वाचन क्षेत्र काठमाडौं ५ अन्तर्गत पर्ने बाँसबारीस्थित गंगालाल अस्पतालटिचिङ अस्पताल, कान्ति बाल अस्पताल, गंगालाल हृदयरोग केन्द्र र नेपाल प्रहरी अस्पतालले प्रदान गर्दै आएका सेवा, सुविधा र समस्या समाधानका विषयमा उपप्रधानमन्त्री पोखरेलले सोमबार छलफल गरेका छन् । निर्वाचनका बेला जनतासँग गरेको प्रतिवद्वताअनुसार सरकारी अस्पतालको सेवा सहज, सरल र र गुणस्तरीय बनाउन आफू प्रतिवद्ध रहेको उनले बताए । सरकारी अस्पतालको स्तरोन्नतिका लागि सरकारको आगामी नीति तथा कार्यक्रममा समेट्ने योजनाहरु दिन उपप्रधानमन्त्री पोखरेलले आग्रह पनि गरे । छलफलमा काठमाडौं क्षेत्रनम्बर ५ का प्रदेशसभा सदस्य दीपक निरौला पनि सहभागी थिए । सरकारले गठन गरेको कोभिड संकट व्यास्थापन कार्यदल (सीसीएमसी) को संयोजकसमेत रहेका पोखरेलले काठमाडौं क्षेत्रनम्बर ५ मा रहेका सरकारी अस्पतालको सेवालाई प्रभावकारी बनाउन आफूले सक्दो सहयोग गर्ने समेत बताए ।