NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

कांग्रेस केन्द्रीय समितिको बैठक आज

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बुधबार बस्दै छ। दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा पार्टीको १४औँ महाधिवेशनको तयारी र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने कार्यतालिका छ। तर काेराेना महामारीका कारण महाधिवेशन प्रभावित हुने देखिएपछि बैठक बस्न लागेकाे हाे। आगामी भदौ दोस्रो साता महाधिवेशन गर्ने भनिए पनि अहिलेसम्म क्रियाशील टुंगिएकाे छैन। यसअघि वैशाख १३ गते बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरुको कोरोनाको पिसिआर परीक्षणका कारण स्थगित भएको थियो। पीसीआर परीक्षण गर्दा केही सदस्यलाई कोरोनाको रिपोर्ट पोजेटिभ आएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।